+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

बलिदानी संघर्षबाट प्राप्त उपलब्धि गुम्दै : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २१ गते १२:१५

२१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यतामा जोड दिएका छन ।

‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुविरुद्ध जनचेतना लगायतका कार्यक्रम संचालन गर्नुपर्छ,’प्रचण्डले भनेका छन,’स्थानीय तहसम्म निगरानी संयन्त्र बनाएर जातीय भेदभाव अन्तको जुटन म सबैलाई आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?