+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते ८:२२

२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?