+
+
Shares

च्याम्पियन ब्राण्ड काठमाडौं रेजर्स

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १३:१८

२२ जेठ, काठमाडौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजेन्टको आयोजनामा गत वैशाख ११ देखि जेठ १ गतेसम्म भएको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जित्यो ।

फाइनलअघि रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी काठमाडौंमै राख्ने प्रतिक्रिया दिएका थिए । मेसुके ओलोमोउको एक मात्र गोलमा धनगढी एफसीलाई पराजित गर्दै रेजर्सले ऐतिहासिल उपाधि जित्दै त्यो भनाइलाई पूरा गर्‍यो ।

अर्को भाषामा घरेलु टिम नै च्याम्पियन बन्यो । मोरङ अटो वर्कसप अर्थात् एमएब्ल्यूको स्वामित्वमा रहेको काठमाडौं रेजर्समा अधिकांश व्यक्ति उपत्यकाभित्रकै थिए । चाहे त्यो क्लबमा नेतृत्वकर्ता विज्ञानराज शर्मा हुन् वा प्रशिक्षक बालगोपाल । त्यति मात्र नभएर कप्तान तथा मार्की पनि यही उपत्यकाका थिए ।

यसअघि यामाहा मार्फत फुटबलमा कतै न कतै जोडिंदै आएको एमएडब्ल्यूको खेलमार्फत युवाको विकासको लागि ध्यान दिइरहेको थियो । त्यसका लागि लगानी गर्न अवसर खोज्दै  थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहामार्फत नेपालले फुटबलको विकासमा लगानी गरिरहेको छ ।

एमएडब्ल्यूको एन्फासँग पनि समझदारी गर्दै एन्फाको प्रतियोगिता लिग वा खेलाडीहरुलाई मोटरसाइकल पुरस्कार प्रदान गर्दै आएको थियो ।

त्यही यामाहा ब्राण्डको टिम हो काठमाडौं रेजर्स । अनि रेजर्स यामाहाको स्कुटकरको नाम हो । काठमाडौं र रेजर्स जोडेर फुटबलमा नयाँ ब्राण्ड बन्यो र त्यो च्याम्पियन ब्राण्ड भयो ।

सुरुमा नेपाल सुपर लिगले एमएडब्ल्यूलाई फेरि फुटबलको विकास र वृद्धि गर्न एक अवसर प्रदान गर्‍यो । अनि काठमाडौं टिमको मालिक र मुख्य प्रायोजक पनि एमबएडब्ल्यू नै रह्यो । जसको नतिजा हामीले खेल जर्सी र त्यसको विज्ञापनमा पनि देख्यौं । लिग सकिएपछि पनि खेलाडीहरुले रेजर्स स्कुटरको प्रचार गरेका थिए ।

पछिल्लो २५ वर्षदेखि  काठमाडौंबाट व्यवसाय सञ्चालन गरिरहेको हुनाले काठमाडौंलाई नै आधार मानेर काठमाडौं रेजर्सको स्थापना भयो ।

क्लबको लोगो र पहिचान पनि छुट्टै किसिमको छ । काठमाडौं सांस्कृतिक शहर हो, यस संस्कृतिमा यस शहरको मूल्य अपार छ । फुटबल काठमाडौंको लागि खेलभन्दा पनि ठूलो कुरा  हो, काठमाडौंको यो अर्को संस्कृति हो ।  धेरै ‘ए’ डिभिजन क्लबहरू काठमाडौंमा आधारित छन् तर विभाजित छन्  ।  काठमाडौं रेजर्सले यसलाई पूरै काठमाडौंलाई एक टीम, एक क्लबको रूपमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्‍यो ।

यस्तै क्लबको ब्याजमा चिलको प्रतिनिधित्व छ । जसको कारण चिल जो काठमाडौं उपत्यकाको आकाशमा खुल्ला रुपले उड्छ । जुन शिकारी चरा कोहीसँग पनि डराउँदैन, हरेक कुराको प्राप्तिको लागि व्यापक प्रदर्शन गर्छ ।  लोगोमा मिश्रित रंग नेपालको, निलो, रातो र सेतो रंग हो ।

नामको अर्थ भने यस्तो छ । पर्फमेन्समा जसरी रेजर तीखो छ, त्यस्तै यमाहाको ‘रेजेडआर १२५ एफआई’ पनि उत्तिकै अब्बल छ । पर्फमेन्स र पहिचान मेल खाने हुनाले क्लबको  नाम ‘काठमाडौं रेजर्स’ को जुर्‍यो ।

अनि त्यसपछि व्यवस्थापन प्रशिक्षक र खेलाडीको पाटोमा केन्द्रित बन्यो । एन्फा लिग कमिटीका अध्यक्ष रहेका विज्ञानराज शर्माको नेतृत्वमा व्यवस्थापन टिम निर्माण भएको  थियो । शर्मा अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिनिधित्व गर्ने पूर्व खेलाडी समेत हुन् । उनको नेतृत्वमा टीम र व्यवस्थापनको रूपरेखा तयार गरियो, जसले काठमाडौं  रेजर्सको सफलताको आधार बनायो । यस्तै मधुसूदन उपाध्यायलाई टोली प्रबन्धकमा नियुक्त गरिएको थियो ।

त्यसपछि त्यतिबेला राष्ट्रिय फुटबल टिमकै कार्यवाहक प्रशिक्षकको रुपमा रहेका बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरियो । टोलीलाई अगाडि बढाउन सक्ने मास्टरमाइन्डको खोजी गर्दै गर्दा नेपालको लागि सफलमध्येका प्रशिक्षक बालगोपालकै नाम अघि आयो र उनैलाई नियुक्त गरियो ।

एमएडब्ल्युका सीईओ चिरञ्जीवी साहमार्फत जोडिए पश्चात् काठमाडौं रेजर्सका एक्जुकेटिभ चेयरम्यान विज्ञानराज शर्माको अनुरोध र काठमाडौंकै स्थानीय वासिन्दा भएकाले बालगोपालले पनि नकार्न सकेनन् । अरु टिमहरुबाट अपर आएपनि बालगोपालले काठमाडौंकै टिम रोजे ।

‘खेलाडी छनौटको रणनीतिमा मैले पहिले नै मार्की प्लेयर बिकेश कुथुलाई लिइसकेको थिए । र त्यसपछि पनि मैले पहिले नै ए, बी र सी श्रेणी  बाट कुन–कुन प्लेयर लिने भनेर मैले एउटा डाटा नै बनाइसकेको थिएँ त्यसबाट नै एउटा सन्तुलित टिम बनाउन सफल भएका थियौं बालगोपाले रणनीतिबारे खुलाए । ‘खेलमा हारजित बराबर भइरहन्छ । तर त्यसबाट कसरी टिमलाई दोस्रो चरणमा लैजाने भन्ने योजनाका साथ अगाडि बढ्ने हो र यसमा मेरो मुख्य फोकस भनेकै कसरी फाइनलसम्म पुर्‍याउने भन्ने कुरामै ध्यान केन्द्रित गरेर हामी फाइनलसम्म पुग्न सफल भएका थियौं ।

त्यही बेला मोफसलमा खेल भइरहेकाले खेलाडीहरु व्यस्त थिए र सुरुमा अन्य टिम जस्तै रेजर्सलाई पनि प्रशिक्षण गर्न गाह्रो भयो । तर छोटो अवधिमा पनि टिमलाई तयार गर्न सफल रेजर्स सफल भयो ।

चैतमा त्रिदेशीय कपमा राष्ट्रिय टिममा डेब्यु गरेका सन्जोग राई र त्रिदेव गुरुङलाई रेजर्स अक्सनबाट पहिल्यै लिइसकेको थियो । तर ए क्याटेगोरीमा रहेका त्रिदेशीय कपपछि घाइते भए । उनको स्थानमा छिरिङ गुरुङलाई ल्याइयो । विगतमा युवा समूहमा राम्रो गरेकाले छिरिङले पनि राम्रो खेले ।

विदेशी खेलाडीको हकमा काठमाडौं रेजर्समा आवद्ध  तीन जनाकै प्रदर्शन उच्च नै रह्यो । मुख्य रेजर्सलाई चाहिने खेलमा स्कोरहरु पनि निस्कियो र टिमलाई सफलता प्राप्त भयो । अरु टिमको विदेशी खेलाडीको तुलनामा रेजर्सको विदेशी  खेलाडी केही हदसम्म उच्चस्तरका देखिए । ‘उनीहरु अनुशासित पनि थिए  र टिमसँग एकदमै घुलमिल पनि भए त्यसैले हामी सफल पनि भयौं,’ बालगोपालले भने, ‘अवश्य पनि विदेशी खेलाडीहरुको संयोजनले नै काठमाडौं रेजर्स क्लबले उपाधि हात पार्न सकेको कुरामा म दुईमत हुन सक्दैनौं तर स्वदेशी खेलाडीहरुको पनि उत्तिकै मेहनत, योगदान र उच्च प्रदर्शन रहेको छ, दुवैको प्रदर्शनले गर्दा नै हामी उपाधिको हकदार बन्न सफल भएका हौं ।’

राष्ट्रिय टिमको प्रशिक्षक छँदै बालगोपाललाई प्रशिक्षक बनाइएकोमा उनको आलोचना समेत भएको थियो । तर एमडब्ल्यूका प्रमुख विष्णुकुमार अग्रवालसँगको भेट र टिम हेर्न प्रस्ताव आएपछि विज्ञानराज शर्माले सबैसँग छलफल गरेर निर्णय लिए । त्यसपछि उनले बालगोपाल रोजेका थिए खासमा । शर्माले पनि यो भन्दै आएका थिए ।

अध्यक्ष भइसकेपछि शर्माले सुरुमा बालगोपाल महर्जनलाई कोच, एन्फा टिमकै टिम म्यानेजर मधुसुदन उपाध्याय, राजेश लगायतलाई समावेश गरी आफ्नो टिममा आवद्ध गरे । कतिपय कुरा एक्लै गर्न नसक्ने र टिम हुँदा सफलता हासिल गर्न सकेको उनले बताए ।

शर्माले यसरी नै अघि बढे अझै सफलता हात पर्ने बताए । ‘काठमाडौं  रेजर्स पनि भविष्यका योजना बनाउँदै अघि बढ्दैछ र यो योजनामा हामी सफलता प्राप्त गर्न सक्छौ,’ उनले भने, ‘यदि यसरी नै राम्रो टिम बन्न सक्दछ भने ।

काठमाडौं रेजर्सका मालिक हुन् विष्णुकुमार अग्रवाल । उनको पुटबलप्रतिको झुकाव पनि उस्तै छ । हरेक पटक खेल हेर्न उनी रंगशाला पुग्थे । ‘हामी मोरङ अटो वर्कसमा फुटबल काठमाडौंको संस्कृति हो भनेर बुझ्दछौं । हामी केटाकेटीहरू सडक, गल्लीहरू, चोक–चोकमा खेलिरहेका देख्न सक्दछौं, त्यो पनि फुटबल जुत्ता वा कुनै जर्सीबिना,’ उनले भने, ‘हामी धेरैजसो हरेक हप्ता राति युरोपेली क्लब फुटबल, त्यसपछि विश्वकप र युरोकप आदिको प्रभाव हरेक परिवारमा देख्न सक्छौं । काठमाडौंभित्र फुटबलप्रति लगाब ठूलो छ र त्यसैले हाम्रो टोली काठमाडौं रेजर्सलाई काठमाडौंको प्रतिनिधित्व गर्दै ती फुटबल फ्यानहरुलाई खुशी दिन र पहिलो ऐतिहासिक कप जित्न एउटा दबाब नै थियो ।’

अग्रवालले एनएसएलले आफूहरुलाई काठमाडौं र नेपालभरका फुटबल फ्यानहरूको भावनासँग सम्पर्क राख्ने अवसर दिएको बताए ।

उनले अब  संस्थालाई अझै दिगो बनाउन प्रयास गरिरहने बताए । ‘किनकि  फुटबलले अनुशासन, कडा परिश्रम र लगनशीलताका साथ एक युवाको विकासमा निर्णायक भूमिका खेल्छ,’ उनले भने ।

काठमाडौं रेजर्सले भविष्यका लागि रोडम्याप पनि तय गरेको छ । आगामी वर्षमा फुटबललाई लिएर समुदायसम्म पुग्ने र सम्भव भएसम्म फुटबलको विकासका लागि काठमाडौं रेजर्सलाई क्लबभन्दा बढी फुटबल विकास गर्ने संस्थाको पहिचान दिने लक्ष्य पनि छ । नेपाली फुटबलमा व्यावसायिकता बढाउन र त्यसका लागि योगदान दिने काठमाडौंको चाहना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?