+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मुलुक छुवाछुतमुक्त घोषणा भए पनि कार्यान्वयन फितलो’  

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १७:५४

२२ जेठ, काठमाडौं । मुलुक डेढ दशक पहिले जातीय छुवाछुतमुक्त घोषणा भएपनि छुवाछुतको समस्या अझै निर्मूल हुन नसकेकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । छुवाछुत विरुद्धको दिवसको अवसर पारेर आयोजित भर्चुअल अन्तरक्रियामा सहभागीले जातीय विभेद तथा छुवाछुतको उत्पीडनबाट प्रताडित समुदायले मुक्ति पाउन गरेको आशा अझै पनि पूरा नभएको औंल्याए ।

कार्यक्रममा समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले त्यस्तो घोषणा कार्यान्वयन गर्ने खास योजना कार्यक्रम तथा बजेट विनियोजन नहुँदा समाज अझै छुवाछुतमुक्त हुन नसकेको बताए । परियारका अनुसार सामाजिक हैसियत, आर्थिक अवस्था, शिक्षा, रोजगारी, भूमि तथा न्यायमा पहुँच जस्ता अवस्थामा प्रगति हुन नसक्दा विभेद पनि हट्न नसकेको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रकाश नेपालीले २०६८ सालमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको ऐन जारी भएपछि ३४ जना दलित समुदायका व्यक्तिले जातीय विभेदकै आधारमा ज्यान गुमाउनु परेको जानकारी दिए । महामारीको बेला दलित समुदायका व्यक्तिहरु झनै समस्यामा रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी दलित अधिकारकर्मीहरुले राज्यका हरेक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने औंल्याएका थिए । जातीय तथा सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ मा संशोधन गर्नुपर्ने, संविधानको धारा ४० मा उल्लेखित मौलिक हक कार्यान्वयनको लागि एकीकृत छाता ऐन बनाउनुपर्ने, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दाको सुनुवाइ गर्न प्रत्येक जिल्ला अदालतमा द्रुत सेवासहित विशेष इजलासको स्थापना गर्नुपर्ने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?