+
+

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते ६:१२

२२ जेठ, जनकपुरधाम । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्काे तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा अन्य अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?