+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

विश्व वातावरण दिवसकाे अवसरमा विविध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:३७

अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि प्रमुख गन्तव्य बनेको आईबीपीवाईपी साथै आईबीएमवाईपी विद्यालय प्रिमियर अन्तर्राष्ट्रिय विद्यालय सातदोबाटोले  विश्व वातावरण दिवस २०२१ को अवसरमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

काेभिड – १९ को उच्च संक्रमणका कारण विद्यालय  भौतिकरुपमा सञ्चालन नभएको अवस्थामा भर्चुअल माध्यमबाट अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि विद्यार्थीहरूको उल्लेख्य र सक्रिय सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

वातावरण भनेको के हो ? यसले सम्पूर्ण प्राणी तथा वनस्पति जगतमा कस्तो महत्व राख्दछ ? तथा विभिन्न कारणले गर्दा वातावरणमा देखिएको अस्वभाविक परिवर्तनलाई कम गर्न के कस्ता पहल एवं चेतनामूलक कार्यक्रमहरु गर्न सकिन्छ भन्ने बारेमा हरेक कक्षामा व्यापक छलफल तथा आवश्यक खोजका कार्यहरु पनि गरिएको  स्कुलले जनाएको छ ।

विद्यालय चेतनाको पहिलो आधार हो भन्ने कुरालाई हृदयङ्गम गर्दै कुनैपनि चेतनामूलक कार्यको सुरुवात विद्यालयबाटै गर्दा उत्कृष्ट नतिजा प्राप्त हुन्छ भन्ने कुरालाई आत्मसात् गरी यस कार्यक्रममा कक्षा १ देखि ११ कक्षाका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

सप्ताह अन्तर्गत फाेहाेरको कसरी व्यवस्थित गर्ने, बोटबिरुवाहरु को हेरचाह कसरी गर्ने तथा यस कार्यमा अन्य व्यक्तिहरुलाई कसरी आकर्षित गर्ने भन्ने कुरा व्यावहारिक र सैद्धान्तिक रुपमा कार्य सम्पादन गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?