Comments Add Comment

रासफोर्डको गोलमा इंग्ल्याण्ड विजयी

२४ जेठ, काठमाडौं । मार्कुस रासफोर्डले गरेको पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा रोमानियालाई १-० ले पराजित गरेको छ । युरोकप अघि तयारीस्वरुप भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन रासफोर्डले ६८औं मिनेटमा निर्णायक गोल गरे ।

घरेलु मैदान रिभरसाइड स्टेडियममा भएको खेलमा रासफोर्डले पेनाल्टीमा गोल गरेका हुन् । रोमानियाका कापुसाले पेनाल्टी एरियामा ज्याक ग्रिलिसलाई फाउल गरेपछि इंग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो।

खेलको ७८औं मिनेटमा पनि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । तर रासफोर्ड मैदान बाहिर निस्केकोले जोर्डन हेन्डरसनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

युरोकपका लागि इंग्ल्याण्डको २६ सदस्यीय टिममा एक स्थान अझै खाली छ । त्यसैले प्रशिक्षक गारेथ साउथगेटले रोमानिया विरुद्ध जेम्स वार्ड प्रोव, बेन गोडफ्रे र बेन ह्वाइटलाई अवसर दिएका थिए । यस्तै जेस लिनगार्ड र ओली विट्किन्सले पनि दोस्रो हाफमा मैदान प्रवेश गरेर खेलेका थिए ।

साउथगेटले नियमित कप्तान ह्यारी केनसहित चेल्सी र म्यानचेष्टर सिटीका खेलाडीलाई आरम दिँदै दोस्रो रोजाईँको टिम मैदान उतारेका थिए ।

यसअघि घोषित टोलीका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड घाइते हुँदै युरोकबाट बाहिरिएपछि इंग्लिस टिममा एक स्थान खाली छ ।

जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकपमा इंग्ल्यान्ड समूह डी मा रहेको छ । यस समूहमा क्रोएसिया,स्कटल्याण्ड र चेक रिपब्लिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment