Comments Add Comment

स्पेनका कप्तान बुस्केटलाई कोरोना संक्रमण

२४ जेठ, काठमाडौं । स्पेनका कप्तान सर्जियो बुस्केट्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । युरोकप २०२० सुरु हुनु केही दिन अघि मात्र बुस्केटलाई कोरोना पोजेटिभ भएको हो ।

स्पेनले युरोकपको आफ्नो पहिलो खेल खेल्नु ८ दिनअघि बुस्केटलाई कोरोना संक्रमण भएको हो ।

युरोकप यही जुन ११ देखि सुरु हुँदैछ । स्पेनले भने पहिलो खेल जुन १४ मा स्वीडेनसँग खेल्ने तालिका छ ।

बुस्केटलाई कोरोना देखिएपछि स्पेनले लिथुअनियाविरुद्ध मैत्रीपूर्ण खेल नखेल्ने भएको छ । ३२ वर्षीय बुस्केटबाहेक अरु खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको थियो । तैपनि उनीसँग भएका सबै खेलाडी आइसोलेट भएका छन् ।

स्पेनको सिनियर टिमको सट्टा अब यू-२१ टिमले लिथुअनियासँग मैत्रीपूर्ण खेल खेल्ने स्पानिस फुटबल फेडेरेसनले जनाएको छ ।

यसअघि कोरोना संक्रमण भएपछि नेदरल्याण्ड्सका गोलकिपर ज्यासपर सिलेसन भने टिमबाटै बाहिरिएका छन् ।

युरोकपमा स्पेन समूह ‘ई’ मा छ । यस समूहमा स्वीडेन, पोल्याण्ड र स्लोभाकिया पनि छन् । स्पेनले जुन १४ मा स्वीडेनसँग खेल्नेछ भने जुन १० मा पोल्याण्ड र जुन २३ मा स्लोभाकियासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment