
नेपाली चलचित्रका सफल नायक राजेश हमालले सामाजिक संजालको माध्यमबाट देशको राजनीतिक घटना, समसामयिक घटना र विभिन्न बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका छन् । दोश्रो चरणको कोरोनाका कारण संक्रमितहरु बढेपछि राज्यले अपेक्षाकृत रुपमा काम गर्न नसकेपछि केही दिन अगाडि राजेशले असन्तुष्टी व्यक्त गरेका थिए ।
चलचित्र ‘सत्यम्’को छायांकनको प्रतिक्षामा रहेका नायक राजेश हमालले सामाजिक संजालमा आफ्नो भनाई राख्दै लोकतन्त्रमा जनता बोल्ने र नेताले सुन्ने गर्नुपर्ने उल्लेख गरेका छन् । तर, कतै यो नेपालमा भने विपरित त भैरहेको छैन भनेर राजेशले शंका समेत व्यक्त गरेका छन् । उनले, जनताले यस्तो समयमा आफ्नो दायित्व निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
नेपालको राजनीतिक अवस्थाले जनताको जीवन झनै कष्ठकर बनिरहेको समयमा नायक हमालले नेपालमा जनताले बोल्नुपर्ने अवस्थामा नेताले बोल्ने र जनताले सुन्ने गर्नुपर्ने अवस्था श्रृजित भएको उल्लेख गरेका हुन् ।
प्रतिक्रिया 4