Comments Add Comment

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

फाइल तस्वीर

२४, जेठ, चितवन। चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा गोहीको आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएराती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका २५ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट भरतपुर २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको मृत्यु भएको हो।

बोटे गैरकानुनी रुपमा रातको समयमा निकुन्जमा माछा मार्न गएको निकुञ्जले जनाएको छ। चालू आर्थिक बर्षमा हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु हुन पुगेको छ।

सो मध्ये ३ जनाको हात्ती, ३ जना बाघको, ३ गैंडाको, १ जनाको गौरी गाई, १ बँदेल र १ जनाको मगर गोहीको को आक्रमणबाट मृत्यु भएको छ। विभिन्न घटनामा २३ जना घाइते भएका छन् ।

लकडाउनको समयमा अनाश्यक रुपमा जंगल तथा नदी क्षेत्र प्रवेश नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ ।

निकुन्जमा वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मार्न निषेध गरेको निकुञ्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment