+
+
Shares

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १३:२५
फाइल तस्वीर

२४, जेठ, चितवन। चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा गोहीको आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएराती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका २५ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट भरतपुर २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको मृत्यु भएको हो।

बोटे गैरकानुनी रुपमा रातको समयमा निकुन्जमा माछा मार्न गएको निकुञ्जले जनाएको छ। चालू आर्थिक बर्षमा हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु हुन पुगेको छ।

सो मध्ये ३ जनाको हात्ती, ३ जना बाघको, ३ गैंडाको, १ जनाको गौरी गाई, १ बँदेल र १ जनाको मगर गोहीको को आक्रमणबाट मृत्यु भएको छ। विभिन्न घटनामा २३ जना घाइते भएका छन् ।

लकडाउनको समयमा अनाश्यक रुपमा जंगल तथा नदी क्षेत्र प्रवेश नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ ।

निकुन्जमा वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मार्न निषेध गरेको निकुञ्जले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?