+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंमा चिनियाँ खोपको पहिलो डोज लगाउने केन्द्र तोकियो (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १३:४८

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

काठमाडौंका विभिन्न वडाका खोप केन्द्रको नाम
१. नन्दी रात्री स्कुल, नक्साल

२. वडा कार्यालय, लाजिम्पाट

३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४. वडा कार्यालय, वालुवाटार

५. वडा कार्यालय, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७. वडा कार्यालय, मित्रपार्क, चावहिल

८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७. पब्लिक युथ क्याम्पस, धोवी चौर

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. नव आदर्श विद्यालय, बसन्तपुर

२४. इतुमबहाल, तारणीबहाल

२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. कार्यालय परिसर, सिटी मार्केट

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१. इ. पि. यस. स्कूल, मीनभवन

३२. वडा कार्यालय परिसर, पाल्पाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?