+
+
Shares

सडकमा चुँडिएको तारबाट करेन्ट लागेर सिन्धुलीमा युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १८:१०

२४ जेठ, काठमाडौं । सडकमा चुँडिएको विद्युतको तारबाट करेन्ट लागेर सिन्धुलीमा एक युवतीको मृत्यु भएको छ । करेन्ट लागेर अर्की एक किशोरी घाइते भएकी छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–७ की २१ वर्षीया शान्तिमाया थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने १५ वर्षीया गीता पाण्डे घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घरबाट सिन्धुलीमाडीतर्फ जाने क्रममा सडकमा चुँडिएको विद्युतको तारबाट अचानक उनीहरुलाई करेन्ट लागेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?