Comments Add Comment

ह्याप्पी बर्थ डे राजेश हमाल

नेपाली चलचित्रका सर्वाधिक चर्चित तथा सफल नायक राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । नायक राजेश हमालको जन्म पाल्पामा भएको हो । नायक राजेश हमालले आफ्नो उमेर स्पष्ट रुपमा बताउने गरेका छैनन् । तर, उनी आजबाट ५८ बर्षमा प्रवेश गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा अगाडि बढ्न नसकिरहेको समयमा नायक राजेश हमालको प्रवेश भएको थियो । उसो त हमालले चलचित्र ‘भाग्य रेखा’मा पनि काम गरेका थिए । तर, यो चलचित्रबाट उनी बाहिरिए । यसैले, उनले अभिनय गरेको पहिलो चलचित्र ‘यूगदेखि यूगसम्म’ हो । यो चलचित्रमा काम गरेपछि हमालले कहिले पनि करिअरलाई फर्किएर हेर्नुपरेन ।

हमालले चलचित्र क्षेत्रमा ३ दशक बिताइरहँदा करिब २ दशक भने एक छत्र राज गरे । उनले अभिनय गरेका चलचित्रले व्यवसायिक रुपमा सफलता कायम गरे । हमालले अभिनय गरेका ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तिन भाई’ लगायतका चलचित्र सफल मानिन्छन् ।

कुनै समय नेपाली चलचित्रमा नायक राजेश हमालको पोष्टर राख्दा पनि दर्शकको भीड लाग्थ्यो । यसैले, हमालले चलचित्र क्षेत्रलाई बदल्न भन्दा पनि आफ्नो अनुहार विकाउनमा नै बढी केन्द्रित भएको आरोप लाग्ने गरेको छ ।

नायक हमाललाई १४ बर्ष अगाडि ‘महानायक’को उपाधी दिइएको थियो । यसपछि, उनलाई दर्शक र मिडियाले ‘महानायक’को रुपमा सम्बोधन गर्ने गरेका छन् ।

चलचित्र क्षेत्रमा लागेपछि खासै विवादमा नआएका, बौद्धिक, हरेक बिषयमा तार्किक कुरा राख्न सक्ने क्षमताकै कारण राजेश हमाल हरेक बर्गका दर्शकाझ लोकप्रिय छन् ।

चलचित्र करिअरमा दोश्रो दशकमा दौडदै गर्दा नायक हमालले संख्यात्मक रुपमा बढी चलचित्र खेले । एकातिर, नेपाली चलचित्रले परिवर्तन खोजिरहेको अवस्था त अर्कोतिर हमालले गुणस्तर भन्दा संख्यात्मक चलचित्रमा ध्यान दिएका कारणले पनि पर्दामा उनको क्रेजक कमजोर बन्न पुग्यो । तर, पर्दा बाहिर राजेश हमालको स्टारडम र क्रेज भने उस्तै छ ।

७ बर्ष लामो प्रेम सम्बन्धपछि मधु भट्टराइसँग बिहे गरेर राजेश हमाल विगत केही बर्षदेखि घरयासी जीवनमा बढी व्यस्त छन् । ४ बर्ष अगाडि चलचित्र ‘शकुन्तला’मा काम गरेर असफल भएपछि राजेश हमालले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, गतबर्ष नै चलचित्र ‘सत्यम्’बाट पर्दामा फकिने तयारीमा थिए । तर, यो चलचित्रको काम सुरु नहुँदै कोरोना संक्रमण बढ्यो र छायांकन रोकियो ।

नेपाली चलचित्रमा सर्वाधिक क्रेज बनाएका नायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment