Comments Add Comment

दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

२६ जेठ, काठमाडौं । सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरेकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । कोलम्बियाले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेको थियो ।

खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गरेपछि अर्जेन्टिनाले २० मिनटभित्रै २-० को अग्रता बनायो ।

तर पहिलो हाफको यो अग्रतालाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । ५१ मिनेटमा लुइस मुरिएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । इन्जुरी टाइममा कोलम्बियाका मिगुएल बोर्जाले गोल गरेपछि अर्जेन्टिना जितबाट बन्चित भयो ।

छनोटमा अर्जेन्टिनाको यो लगातार दोस्रो र समग्रमा तेस्रो बराबरी हो । अपराजित अर्जेन्टिना ६ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

कोलम्बिया ६ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ।

यस्तै अन्य खेलमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ । उरुगेवे  ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । अर्को खेलमा पेरुले तेस्रो स्थानको इक्वेडरलाई २-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

इक्वेडर ६ खेलबाट ९ अंकसहित तेस्रोमै छ । पेरु ४ अंकसहित १०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment