Comments Add Comment

नेपालमा विश्व खाद्य प्रणाली पूर्वसम्मेलन २०२१ सुरु

२६ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघको नेतृत्वमा आगामी सेप्टेम्बरमा हुन लागेको विश्व खाद्य सम्मेलन २०२१ को पूर्व सम्मेलन सुरु भएको छ ।

बुधबार ‘सीमान्तकृत समुदायको अग्राधिकार, दिगो खाद्य प्रणाली सुनिश्चितताको मूल आधार’ नाराका साथ दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान विषयक राष्ट्रिय भर्चुअल कार्यक्रमसँग पूर्व सम्मेलन अगाडि बढाइएको छ ।

नेपालमा पनि राष्ट्रिय कृषक समूह महासंघको समेत विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा भर्चुअल रुपमा पूर्व सम्मेलन सुरु भएको हो ।

पूर्व सम्मेलनको आयोजकमा राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) रहेका छन् ।

सोमबार सम्पन्न राष्ट्रिय कार्यक्रम लगत्तै प्रदेश र पालीका तहमा सम्मेलनहरु गरेर जनचेतनामूलक कार्यक्रमहरु गर्ने योजना रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।

संयुक्त राष्ट्र संघले सन् २०३० को दिगो विकासको लक्ष्य हासिल गर्न वृहत सम्मेलन गर्न थालेको हो । सेम्टेम्बर सम्मेलको तयारी स्वरुप आगामी जुलाई २६ देखि २८ मा रोममा पूर्व सम्मेलन हुँदैछ ।

राष्ट्र संघले विश्वभरबाट दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था बारे अध्ययन गरेर, विश्वभरबाट प्राप्त सल्लाह सुझाव संकलन गरेर रोममा पूर्व सम्मेलन गर्ने योजना अगाडि बढाएको छ । पूर्व सम्मेलनपश्चात विश्व सम्मेलन गर्नेछ । तर मूल सम्मेलनको लागि सेप्टेम्बर महिनालाई तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment