Comments Add Comment

लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

२७ जेठ, धनगढी । कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका-९ का १९ वर्षीय गोपाल ठगुन्ना रहेको उनले बताए ।

होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment