+
+
Shares

अस्पतालबाट डिस्चार्ज भए मदनकृष्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १२:१६

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुमा रक्तसंचारको ब्लकेज हटाइएको छ । ५ दिनको अस्पताल बसाईपछि मदनकृष्ण घर फर्किएका हुन् ।

मदनकृष्णका छोरा यमन श्रेष्ठले दिएको जानकारी अनुसार, उनलाई ४ साता आराम गर्न डाक्टरहरुले सल्लाहा दिएका छन् । डाक्टरले उनलाई ४ साता सम्म सामाजिक संजाल र मोबाइलबाट टाढा रहन, छायांकनको काम नगर्न सल्लाहा दिएका छन् ।

मदनकृष्ण केही साता अगाडि कोरोना संक्रमित भएर २ पटक अस्पताल भर्ना भएका थिए । उनले, कोरोनालाई भने जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?