+
+
Shares

मन्त्री थापा प्रदेशसभामा नजाने सहमतिपछि कर्णाली प्रदेशसभा बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १६:२०

२७ जेठ, सुर्खेत । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार सर्वदलीय सहमतिपछि सञ्चालन भएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको हो ।

उनीमाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र यही जेठ ३० मा पेशीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थित नगराउने र बैठक नियमित सञ्चालन गर्ने दुई बुँदे सहमति भएको बुढाथोकीले बताए ।

प्रदेशसभाको आठौं अधिवेशनमा मन्त्री थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?