Comments Add Comment

कोपा अमेरिकाका लागि अर्जेन्टिनाको टिम घोषणा

२८ जेठ, काठमाडौं । यदि जुन १३ देखि ब्राजिलमा सुरु हुने ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ ।

प्रशिक्षक लिओनल स्कोलानीले बिहीबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् जसमा ४ गोलकिपर समावेश छन ।

स्पानिस क्लब सेभियाबाट खेल्ने लुकास ओकम्पास भने टिममा पर्न सकेनन् । यस्तै जुवान फोयथ पनि टिममा अटाएनन् ।

प्रशिक्षकले गोलकिपर फ्रान्को अर्मानी र फरवार्ड लुकास अलारियोलाई टिममा राखेका छन् । गोलकिपर अर्मानीलाई बारम्बार कोरोना संङ्क्रमण भए पनि उनीलाई टिममा राखिएको छ ।

दक्षिण अमेरिकी महादेशको ठूलो प्रतियोगिता कोपामा यस पटक १० टिम सहभागी हुँदैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

अर्जेन्टिना रहेको समूह बीमा चिली, उरुग्वे, पाराग्वे र बोलिया छन् ।

अर्जेन्टिनाले पहिलो खेल जुन १४ मा चिलीसँग खेल्नेछ।समाचार

यस्तो छ अर्जेन्टाइन टिम

गोलकिपर : फ्रान्को अर्मानी, एमिलियानो मार्टिनेज, अगस्टिन मार्चेसन, जुवान मुस्सो

डिफेण्डर : गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लुकास मार्टिनेस क्वार्टा, जर्मन पेजेल्ला, लिसान्ड्रो मार्टिनेज, निकोलस ट्याग्लिफिको, मार्कोस अकुना

मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, गुइडो रोड्रिगेज, निकोलस डोमिन्गुएज, अलेजान्द्रो गोमेज, निकोलस गोन्जालेज, एन्जल डि मारिया

फरवार्ड : लिओनल मेस्सी, लाउटारो मार्टिनेज , सर्जियो अगुएरो, एन्जल कोरेअ, जाक्विन कोरेअ, लुकास अलारियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment