+
+
Shares

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी गम्भीर मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १२:५५

२८ जेठ, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि भ्रष्टाचारम्बन्धी गम्भीर मुद्दा चलाएको छ । सुकीले घुसको रुपमा सुन तथा पैसा लिएको आरोप लगाइएको छ ।

यो सुकीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा गम्भीर आरोप हो । यो आरोपमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । सुकीले अन्य ६ मुद्दाहरुको सामना गरिरहेकी छिन् । उनीमाथि अवैध रुपमा ओकेटोके राखेको र मानिसहरुलाई आन्दोलनका लागि उक्साएको आरोप पनि छ ।

म्यानमारको सेनाले गत फेब्रुअरीमा सत्ता कब्जा गरेसँगै सुकी पनि पक्राउ परेकी थिइन् । अहिले उनलाई घरमा नै नजरबन्दमा राखिएको छ । यद्यपि उनको विषयमा धेरै जानकारी भने बाहिर आउन सकेको छैन ।

बिहीबार म्यानमारको सेनाले एक प्रेस विज्ञप्ति जारी गर्दै सुकीले ६ लाख डलर बराबरको पैसा र सात टुक्रा सुन घुस लिएको स्वीकार गरेको बताएको थियो । यसअघि सुकीलाई सरकारी गोप्य जानकारी सार्वजनिक गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । यो मुद्दामा दोषी पाइए १४ वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था छ ।

म्यानमारमा सेनाले सत्ता कब्जा गरेयता म्यानमारमा राजनीतिक अस्थिरता पनि बढेको छ । त्यसयता म्यानमारमा आठ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने करिब पाँच हजार मानिसहरु पक्राउ परिसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?