+
+

नर्भिकको ओपीडी आइतबारदेखि सञ्‍चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १३:१४

२९ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण बन्द रहेको नर्भिक अस्पतालको ओपीडी सेवा आइतबारदेखि सञ्‍चालनमा आउने भएको छ ।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि ओपीडी सेवा पूर्णरुपमा सन्चालन हुने जानकारी दिएको हो । आइतबारदेखि नर्भिकमा कोभिडको दोश्रो लहर फैलिनुअघि सन्चालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले ओपीडी सेवा सन्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिने जनाएका छन् ।

कोभिड १९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो ।

कोभिडका बिरामीको संख्या घटेको र नन्कोभिडका बिरामीको संख्या बढेकाले उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)को निर्णयअनुसार नर्भिकले ओपीडी सेवा पुनः सुरु गर्न लागेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?