+
+
Shares

थप ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते १७:०१

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर थप ३ हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ । उनीहरुमध्ये ६५ हजार ९५३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये १ हजार २०६ जनाको आईसीयू र ३७३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?