Comments Add Comment

युरोकपमा आज पनि तीन खेल : साँझ ६:४५ मा इंग्ल्याण्ड र क्रोएसिया भिड्दै

३० जेठ, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । जसमा समूह सी को दुई र समूह डी को एक खेल हुनेछ ।

समूह डी मा रहेका इंग्ल्याण्ड र क्रोएसियाबीच खेल नेपाली सयम अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । खेल लण्डनस्थित वेम्वली मैदानमा हुनेछ ।

सधैँ उपाधि दाबेदार भएर पनि अहिलेसम्म उपाधि जित्न नसकेको इंग्ल्याण्ड घरेलु मैदानमा जितसहित युरो सुरु गर्ने लक्ष्यमा छ । उता २०१८ को विश्वकपमा फाइनल पुगेको क्रोएसिया युरोकपमा पनि त्यही लय दोहोर्‍याउन चाहन्छ । फरवार्ड ह्यारी केनको कप्तानीमा रहेको इंग्लिस टिममा युवा खेलाडी फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्च जस्ता युवा प्रतिभाशाली खेलाडी छन् । उता क्रोएसियाको कप्तानी लुका मोडिरिकले गर्नेछन् ।

यस्तै समूह सी अन्तर्गत अष्ट्रिया र नर्थ मेसेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । खेल रोमानियाको बुखारेस्टस्थित नेसनल स्टेडियममा हुनेछ । नर्थ मेसेडोनिया पहिलो पटक युरो कप खेल्दैछ र डेब्युलाई सुदख बनाउन चाहन्छ । यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेको फिनल्याण्डले आफ्नो पहिलो खेलमा शनिवार डेनमार्कलाई पराजित गरको थियो ।

यस्तै समूह डी अन्तर्गत नै नेदरल्याण्ड र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । खेल नेदरल्याण्ड्सको घरेलु मैदान योहान क्रफ एरेनामा हुनेछ । २०१६ मा फ्रान्समा भएको युरोकपमा छनोट हुन नसकेको नेदरल्याण्ड्सको टोली यस पटक घरेलु मैदानबाट सुदख सुरुवात गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment