Comments Add Comment

खोप नपाए इन्धन बिक्री रोक्ने पेट्रोलियम व्यवसायीको पनि चेतावनी

३० जेठ,काठमाडौं । कोभिड-१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो ।

पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको व्यवस्थाका लागि पटक-पटक आग्रह गरिए पनि सुनुवाई नभएको एसोसिएसनले जनाएको छ ।

‘यस क्षेत्रका कर्मचारी र श्रमिकको जीवन रक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन जनाउँछ,’ महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सहज रुपमा खोपको उपलब्धताका लागि नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको एसोसिएसनले अन्यथा वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि दिएको छ ।

‘नियमित वितरण प्रणालीमा असहजता उत्पन्न हुन नदिन शीघ्र खोपको व्यवस्था मिलाई दिनुहुन एसोसिएसन अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment