+
+
Shares

बुटवलबाट दुईजना फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १९:३७

३० जेठ, रुपन्देही । प्रहरीले दुईजना फरार प्रतिवादीलाई बुटवलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरनगरपालिका-५का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका वडा-२ का राजकुमार केवट रहेका छन् ।

३० वर्षीय ऋषिकेशलाई रुपन्देही जिल्ला अदालतले २०७१ जेठ २४ गते मैनुदिन मुसलमानको हत्‍यामा २० वर्ष जेल सजाय सुनाएको थियो भने राजकुमार केवटलाई २०६७ वैशाख १९ गते कर्तव्‍य ज्‍यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो ।

उनीहरु आफ्नै गाउँ-घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुवैजनालाई आइतबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?