३१ जेठ, काठमाडौं । कोलम्बियाले कोपा अमेरिका २०२१ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।
ब्राजिलको एरेना पान्तानाल स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि एडविन कार्डोनाले निर्णायक गोल गरे । उनले खेलको ४२औं मिनेटमा मिगुएल बोयाको पासमा गोल गरेका थिए ।
जितपछि कोलम्बियाले ३ अंक जोडेको छ । यसअघि उद्घाटन खेलमा समूह बी कै ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4