Comments Add Comment

आफ्नै भाइलाई गोली प्रहार गरेको आरोपमा दाजुसहित तीन जना पक्राउ

३१ जेठ, जनकपुरधाम । सिरहामा आफ्नै भाइलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले दाजुसहित तीन जनालाई पक्राउ गरेको छ ।

जेठ २२ गते राति मिर्चैया नगरपालिका–६ स्थित सिद्धि मेडिकल पसलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार भएको थियो । ४० वर्षीय साफीलाई गोली प्रहार भएको घटनामा उनका दाजुसहित तीन जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माका अनुसार साफीमाथि गोली प्रहार गर्ने उनका दाजु ४२ वर्षीय सूर्यदेव साफी, गोलबजार नगरपालिका–११ का ४५ वर्षीय हकिम फकिर र मिर्चैया नगरपालिका–६ बस्ने २३ वर्षीय रोहित साफीलाई पक्राउ गरिएको छ ।

सूर्यदेवले पारिवारिक रिसईबी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा दिई आफ्नै भाइमाथि गोली प्रहार गराएको प्रहरीको भनाइ छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

रामसागरमाथि दुईवटा गोली प्रहार गरिएको थियो । एउटा गोली हातमा र अर्काे खुट्टामा लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment