Comments Add Comment

जन्मदिनमा जितुलाई दीपकको यस्तो शुभकामना

हाँस्य कलाकार जितु नेपाल आज आफ्नो जन्मदिन मनाइरहेका छन् । असार १ गते जन्मिएका जितु नेपाललाई उनका साथीभाई, आफन्त, फ्यान, चलचित्रकर्मीले शुभकामना दिइरहेका छन् ।

नेपाली हाँस्य व्यङ्ग्यको क्षेत्र, चलचित्र क्षेत्र, स्टेज कार्यक्रम र टेलिभिजनमा समेत जितु नेपाल सफल छन् । जितु नेपाललाई दर्शकले ‘मुन्द्रे’ भनेर पनि चिन्छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’को भूमिकामा अभिनय गरेपछि जितुको लोकप्रियता चुलिएको हो ।

सिरियल, चलचित्रमा हाँस्य कलाकारको भूमिका गर्दै अगाडि बढेका जितु ‘जिरे खुर्सानी’मा अभिनय गरेपछि लोकप्रिय बनेका थिए । यसपछि उनले ‘६ एकान ६, वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २, छक्का पन्जा ३, रामकहानी, छ माया छपक्कै’ लगायतका चलचित्रमा पनि अभिनय गरिसकेका छन् । जितुले संचालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ पनि सफल मानिन्छ ।

जितु नेपाल बेलाबखत आफ्नो बोलीका कारण विवादमा पनि आउने गरेका छन् । कहिले उनले सामाजिक संजालमा लेखेको स्टाटस विवादमा पर्ने गरेको छ । पछिल्लो समय उनी र चलचित्र ‘छक्का पन्जा’को टिमविचको विवाद पनि सतहमा आएको थियो ।

उनै, जितु नेपाललाई कलाकार तथा निर्माता दीपकराज गिरीले शुभकामना व्यक्त गर्दै लेखेका छन्–‘तपाइसँग जे छ, त्यो मसँग छैन । मसँग भएको तपाइसँग नहुनसक्छ । सायद, यही एक अर्कोसँग नभएका कुरा अ‍ैचो पैचो गर्दै एउटै खोलामा मिसियौं र बग्दै गयौं निरन्तर । कहिलेकाही हाम्रा मतभेदका छालहरु एक अर्कोसँग ठोक्किए पनि हाम्रो गती कहिले रोकिएन र रोकिदैन पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment