
२ असार, डोटी । डोटीको केआई सिंह गाउँपालिका-३ बाासुदेवीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
वर्षाका कारण खानेपानी अवरुद्ध भएपछि पानी फर्काउन मुहान गएका बेला खिरणा खोलाको पहिरोमा परेर बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको मृत्यु भएको हो ।
स्थानीय खगेन्द्र बडैलाका अनुसार पहिरोमा च्यापिएर दुई बालिका पनि घाइते भएकी छन् । बमसँगै पानी फर्काउन गएकी बासुदेबीको झिगावस्तीकी १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर घाइते भएकी हुन् । पुनीको हात भाँचिएको र पुजाको टाउकोमा चोट लागेको बढैलाले जानकारी दिए ।
डोटीमा जेठ ३० गते रातीबाट निरन्तर वर्षा भइरहेको छ । वषर्ातका कारण ग्रामीण क्षेत्रका अधिकांश सडकहरु अवरुद्ध भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4