Comments Add Comment

प्रिमियर लिगको नयाँ सिजनको खेलतालिका सार्वजनिक

२ असार, काठमाडौं । प्रिमियर लिग फुटबलको नयाँ सिजन सन् २०२१/२२ का लागि खेलतालिका सार्वजनिक भएको छ । आयोजकले बुधबार नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक गरेको हो ।

आगामी अगष्ट १४ देखि सुरु हुने नयाँ सिजनको पहिलो दिन १० खेल हुनेछन् भने पहिलो खेलमा लिग च्यम्पियन म्यानचेष्टर सिटीले टोटनहम हट्सपरको सामना गर्ने भएको छ ।

जसमा सिटीले टोटनहमसँग उसैको मैदानमा खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने योजनामा हुनेछ । यस्तै म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग घरेलु मैदानमा खेल्नेछ ।

लिभरपुल पहिलो खेलमा नर्विच सिटीसँग खेल्नेछ । लण्डन क्लब चेल्सीले पहिलो खेलमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा खेल्नेछ भने आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्नेछ ।

यस्तै लेस्टर सिटीले उल्भ्ससँग, एभर्टनले साउथह्याम्पटनसँग, बर्नलीले ब्राइटन, न्युकासलले वेस्टह्याम र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment