+
+
Shares

नेटोको चेतावनीपछि ताइवानको आकाशमा चिनियाँ लडाकु विमान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १८:३४

२ असार, काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले मंगलबार चीनको करिब २८ लडाकु विमान आफन आफ्नो ‘हवाई रक्षा क्षेत्र’ मा प्रवेश गरेको बताएको छ । ताइवानका अनुसार ताइवानको हवाई क्षेत्रमा पहिलोपटक यति ठूलो संख्यामा चिनियाँ विमान प्रवेश गरेका हुन् ।

ताइवानले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानमध्ये केही परमाणु हतियार पनि खसाल्न सक्ने किसिमका थिए । सोमबार नेटोका नेताले चीनको सैन्य चुनौतीलाई लिएर चेतावनी दिएको केही दिनमा नै चीनले ताइवानको आकाशमा आफ्नो लडाकु विमान उडाएको हो ।

ताइवानले आफूलाई एक स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ तर चीनले भने ताइवानलाई आफ्नै एक प्रान्तको रुपमा लिँदै आएको छ । पछिल्लो केही महिनायता चीनले पटकपटक ताइवानको हवाई क्षेत्रमा आफ्नो उडाउँदै आएको छ ।

गत जनवरीमा यस्तै मिसनमा १५ चिनियाँ विमान ताइवानको आकाशमा उडेका थिए भने अप्रिलमा यो संख्या २५ पुगेको थियो । विशेषगरी कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि चीन र ताइवानको विवाद चुलिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?