Comments Add Comment

उपासनाको स्टाइल

निषेधाज्ञाका कारण चलचित्रमा काम गरिरहेका कलाकारहरु घरमै छन् । कोही यो समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागेका छन् भने कोही सामान्य तरिकाले दैनिकी विताइरहेका छन् ।

यदि, यो समयमा निषेधाज्ञा नभएर अवस्था सामान्य नै हुन्थ्यो भने नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकन सुरु गरिसकेकी हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारी गरेकी छिन् । जसमा कविराज गहतराजको निर्देशन रहनेछ ।

उपासनाले पहिलो चरणको लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’मा काम गरिन् । यो चलचित्रको केही दृश्यको छायांकन अझै बाँकी छ ।

उनै, उपासना सामाजिक संजालमा नयाँ नयाँ तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिएकी हुन्छिन् । उनले, हालै पोष्ट गरेका तस्वीरमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् ।

चलचित्र क्षेत्रमा करिअर सुरु गर्दा उनले आफूलाई मेन्टेन नगरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले उपासना बदलिएकी छिन् ।

तस्वीरः उपासनाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment