Comments Add Comment

सरिताको हत्या आरोपमा युवक पक्राउ

३ असार, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीको वैशाख १७ गते सरिता सुफललाई भेट्न रतुवामाइ पुगेकी थिइन् । वैशाख १९ गते मकैबारीमा उनको शव फेला परेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका सरिताले विवाह गर्न गरेको आग्रह सुफलले नमानेपछि विवाद भएको थियो । त्यही विषयलाई लिएर सरिताको हत्या भएको प्रहरीको दावी छ ।

प्रहरीले सुफलविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment