+
+

कोरोना नियन्त्रणका लागि एनआरएनए स्पेनद्वारा साढे १३ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ५ गते ७:०३

बार्सिलोना । एनआरएनए स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग पठाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत एकमुष्ठ सहयोग पुर्‍याउने हेतुले संघले स्पेनमा संकलन भएको रकम केन्द्रमा पठाएको हो।

संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्ति अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा रकम ट्रान्सफर गरिएको हो। एनआरएनए स्पेनको सहयोग अभियानमा क्षेत्रीय समितिहरु लगायत स्पेनस्थित विभिन्न संघसंस्थाहरुले समेत हातेमालो गरेका छन्।

क्षेत्रीय समिति मड्रिड, पाइसभास्को, ग्रान क्यानारिया र कोस्टा ब्लाङ्का,लगायत प्रवासी नेपाली मञ्च,तमु समाज र जनप्रगतिशील मञ्च स्पेनले रकम संकलन अभियानमासाथ दिएका छन्।

यस्तै चितवन समाज स्पेन,कास्की आदर्श समाज स्पेन,स्याङ्जा सहयोग समाज,पर्वत समाज,,बाग्लुङ समाज,मगर समाज,महिला फोरम, तामङ समाज र नेवारी समाज स्पेनले संस्थागत साथ दिएको संघद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

यस्तै एनआरएनए पदाधिकारीलगायत इच्च्छुक स्पेनवासी नेपालीहरुले पनि व्यक्तिगतरुपमा सहयोग गर्दै रकम संकलन अभियानमा साथ दिएका थिए। सामाजिक, राजनीतिक, जातीय तथा क्षेत्रीय समितिको सहकार्यमा रकम संकलन भएको भन्दै संघले सहयोगदाताहरु प्रति संघले कृतज्ञता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?