Comments Add Comment

चेक रिपब्लिक र क्रोएसियाले बाँडे अंक

५ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा चेक रिपब्लिक र क्रोएसियाल १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

ग्लास्गोस्थित हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

खेलमा चेक रिपब्लिकले पेनाल्टीमार्फत सुरुआती अग्रता लिएको थियो । ३७औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

क्रोएसियाका डेजान लोभरेनले प्याट्रिकलाई फल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे । यस संस्करणमा उनको यो तेस्रो गोल हो ।

तर, दोस्रो हाफको सुरुमै क्रोएसियाले गोल फर्कायो । ४७औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । उनले आन्द्रे क्रमारिचको पासमा गोल गरेका हुन् ।

बराबरीपछि दुवैले १-१ अंक पाए । चेक रिपब्लिक २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । चेकले पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । उता पहिलो खेलमा इंगल्याण्डसँग हारेको क्रोएसियाले पहिलो १ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment