Comments Add Comment

डडेल्धुरामा स्वास्थ्य सामग्री पुर्‍याउन हिंडेकी युवती मृत फेला

५ असार, धनगढी । डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ केन्द्रमा कार्यरत धामीको शव स्थानीय हट्वानी सामुदायिक वनमा फेला परेको जानकारी दिए ।

मृतक युवती असार २ गते स्वास्थ्य सामग्री पु¥याउन जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

धामीको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी नायब उपरीक्षक नेपाल नेतृत्वको टोली घटनास्थलतर्फ हिंडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment