+

एक सातामै तोडियो बेलिङहमको कीर्तिमान, क्यास्पर बने युरोकपमा सबैभन्दा कान्छो खेलाडी

२०७८ असार  ६ गते ७:२७ २०७८ असार ६ गते ७:२७
एक सातामै तोडियो बेलिङहमको कीर्तिमान, क्यास्पर बने युरोकपमा सबैभन्दा कान्छो खेलाडी

६ असार, काठमाडौं । पोल्याण्डका क्यास्पर कोलोस्की युरोकप फुटबल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । युरोकपको ११ देशमा आयोजना भइरहेको १६औं संस्करण अन्तर्गत शनिबार राति  भएको स्पेन विरुद्धको खेल खेल्दै उनले कीर्तिमान बनाएका हुन् ।

५५औं मिनेटमा माथेउज क्लिजको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दा उनको उमेर १७ वर्ष २४६ दिन थियो ।

एक साता अघि मात्रै इंग्ल्याण्डका जुड बेलिङहमले युरोकप खल्ने कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।

तर एक सातामै क्यास्पर त्यो कीर्तिमनन तोडे । क्यास्पर यस युरोकपको सबैभन्दा कान्छा खेलाडीसमेत हुन् ।

बेलिङहमल १७ वर्ष ३४९ दिन हुँदा क्रोएसियाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै त्यो कीर्तिमान बनाएका थिए । उनले नेदरल्याड्सका जेट्रो विलेम्सको कीर्तिमान तोडेका थिए ।

पोल्याण्ड युरोकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय