+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १४:२०

७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ ।

फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?