+
+
Shares

मेलम्चीमा एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १६:१९

७ असार, काठमाडौं । मेलम्चीमा नदीले कटान गरेको ठाउँमा बाँध बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि स्थानीय वासिन्दाले विद्युत प्राधिकरणविरुद्ध प्रदर्शन गरेका छन् ।

मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा विजुलीको तारले छोई करेन्ट लागेर सोमबार विहान मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो । स्थानीय वासिन्दाले प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएको भनी प्रदर्शन गरेका छन् ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार स्थानीय वासिन्दा र विद्युत प्राधिकरणका प्रतिनिधिबीच सोमबार दिउँसो यस विषयमा छलफल सुरु भएको छ । तर स्थानीयले प्रदर्शन भने जारी राखेका छन् । प्रदर्शनका कारण मेलम्ची क्षेत्रमा सडक बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?