+
+

पाँच लाख क्षतिपूर्ति दिने सहमतिपछि मेलम्चीको विवाद मिल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १७:४६

७ असार, काठमाडौं । विद्युत् प्राधिकरणको लापरबाहीले एक जनाको मृत्यु भएको भन्दै स्थानीयले गरेको प्रदर्शन रोकिएको छ । इलाका प्रहरी कार्यालय, मेलम्चीमा आन्दोलनरत पक्ष, नगरपालिका र प्राधिकरणका प्रतिनिधिबीच भएको छलफल भएपछि प्रदर्शन रोकिएको हो ।

सोमबार बिहान मेलम्चीमा बाँध बनाउनका लागि एक्साभेटर लिन जाने क्रममा बिजुलीको तारमा छुँदा मेलम्ची नगरपालिका–११ का धर्मराज दुलालको मृत्यु भएको थियो । त्यसपछि स्थानीयले शव सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए ।

दुवै पक्षबीच सहमति भएपछि अहिले शव उठाइएको र यातायात पनि सुचारु भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले अनलाइनखबरलाई बताए । उनका अनुसार दुई पक्षबीच भएको छलफलबाट पीडित परिवारलाई प्राधिकरणले ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

त्यस्तै, परिवारका एक सदस्यलाई अस्थायी जागिर दिने र सन्तानलाई नगरपालिकाले निःशुल्क पढाइदिने पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?