+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश-१ को नाम पहिचानका आधारमा नराखे स्थायी अशान्ति : सांसद तुम्बाहाङ्फे

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १८:१०

७ असार, विराटनगर । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फेले प्रदेश १ को नाम पहिचानको आधारमा नराखे अशान्तिको बीऊ रोपिने बताएकी छन् ।

सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै उनले प्रदेशको नाम कोशी वा सगरमाथा राखेमा स्थायी अशान्ति हुने दावी गरिन् ।

‘नेपालमा संघीयताको जिउँदो प्रमाण अरुण पूर्वको लिम्बुवान हो । यहीँबाट लिम्बुवान र मधेशमा संघीयताको आन्दोलन उठेको हो,’ उनले भनिन्,‘…प्रदेश १ मा जबरजस्ती कोशी सगरमाथा राख्ने हो भने स्थायी अशान्ति हुन्छ ।’

सांसद तुम्बाहाङ्फेले अहिले अस्थिरताको समयमा मुख्यमन्त्री शेरधन राईलाई अहिले प्रदेशको नामाकरण अभि नबढाउन पनि आग्रह गरिन् । कोभिड–१९ महामारी र केन्द्रीय राजनीति बिग्रिएर देश संकटमा परेको अवस्थामा प्रदेशको नामाकरणको हतारो गर्नु संघीयता, लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको उनले दावी गरिन् ।

सांसद तुम्बाहाङ्फेले भनिन्, ‘जनता आन्दोलनमा आउन सक्दैनन् । यही बेला दाउ छोप्नुपर्छ भनेर प्रदेश १ को नाम राख्न खोजिएको छ, यो समय कत्तिको उपयुक्त हुन्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गरेका कारण प्रदेशमा मुख्यमन्त्रीले नामाकरणको प्रक्रिया अघि बढाउन नैतिक प्रश्न उठ्ने उनले बताइन् ।

‘अहिलको राजनीतिक अवस्थाले कुनै पनि निर्णय गर्न सक्दैन भनेर देशलाई मध्यावधि निर्वाचनमा लैजान मुख्यमन्त्रीज्यूको पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले केन्द्रीय संसद भङ्ग गरिरहेको अवस्था छ,’ सांसद तुम्बाहाङ्फेले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यूकै पार्टीका मुख्यमन्त्री प्रदेश १ को नामाकरण गर्न तम्सिन राजनीतिक नैतिकताले दिन्छ कि दिदैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?