Comments Add Comment

पृथु बास्काेटा राष्ट्रिय टिमकाे बन्द प्रशिक्षणमा सहभागी नहुने

७ असार, काठमाडौं । क्रिकेटर पृथु बास्कोटा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पृथु टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने जनाएको छ ।

क्यानले स्पेनमा हुने त्रिकाेणात्मक सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनाेट गरेकाे थियाे । तर पृथुले व्यक्तिगत कारण देखाएर बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले मंगलबारबाट प्रशिक्षण सुरु गर्दैछ । सिरिज जुलाइमा स्पेनमा हुनेछ ।

सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर यसअघि नै नेपाल आइसकेका छन् । लिगमा नेपाले अहिलेसम्म एक सिरिज खेलेकाे छ । नेपालले ४ खेलमा ४ अंक जोडेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment