+
+
Shares

फिल्ममा सय करोड पारिश्रमिक लिने साउथ स्टार विजय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते १०:१७

साउथका सुपरस्टार थलापति विजय आज आफ्नो जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसरमा उनको ६५ औं चलचित्रको घोषणा गरिएको छ । विजयको नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरिएको छ, जसमा उनले एक सय करोड पारिश्रमिक लिएका छन् ।

सन् १९७६ जुन २२ तारिखमा चेन्नई तमिलनाडुमा जन्मिएका विजयले चलचित्र करिअरमा थुप्रै रेकर्ड राखेका छन् । ५० प्रतिशत अकुपेन्सीमा हल खुलेको समयमा उनी अभिनित चलचित्र ‘मास्टर’ रिलिज भएको थियो, जसले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो । यो चलचित्रले विश्व बजारबाट २ सय करोड कमाई गरेको थियो ।

विजयले साउथका सुपरस्टार रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिएका छन् । रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएका थिए । विजयले ‘थलापति ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका छन् ।

विजयको वास्तविक नाम विजय चन्द्रशेखर हो । तर, उनी थलापति नामले चर्चित छन् । विजयका पिता चन्द्रशेखर कलिउडका चर्चित निर्देशक हुन् । विजयले आफ्ना पिताको १५ चलचित्रमा काम गरेका छन् । जसमा, उनले ६ चलचित्रमा बाल कलाकारको रुपमा काम गरेका छन् ।

१८ सालको उमेरमा विजयले ‘नालैथ्या थीरपु’बाट डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?