+
+

अमेरिकाले टिकटक र विच्याटलाई प्रतिबन्धित कम्पनीको सूचीबाट हटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते १७:२९

८ असार, काठमाडौं । अमेरिकाको वाणिज्य मन्त्रालयले चिनियाँ कम्पनीहरु टिकटक र विच्याटलाई कारोबारमा प्रतिबन्धित कम्पनीको सूचीबाट हटाउने निर्णय गरेको छ । गत सेप्टेम्बरमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यी दुई एपको नयाँ डाउनलोडमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि नै यी दुवै एपको नयाँ डाउनलोडमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका थिए । साथै उनले वाणिज्य मन्त्रालयलाई यी एपबाट हुन सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीबारे अध्ययनको लागि निर्देशन दिएका थिए ।

वाणिज्य मन्त्रालयले यस विषयमा थप जानकारी भने दिएको छैन । अमेरिकामा अहिलेसम्म विच्याट १ करोड ९० लाखपटकभन्दा बढी डाउनलोड भइसकेको छ । यो एपको प्रयोग सेवा, गेम्स र भुक्तानीको लागि हुँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?