Comments Add Comment

विश्वकै वृद्ध गोहीले मनायो ८५औँ जन्मदिवस

दोश्रो विश्वयुद्धमा बाँच्न सफल तथा अहिले टिकटकमा निकै लोकप्रिय सेलिब्रेटीको रुपमा रहेको संसारकै पाको उमेरका घडियाल गोहीले आफ्नो ८५औँ बर्थडे मनाएको छ ।

सर्बियाको बेलग्रेडमा रहेको उक्त घडियालको नाम मुजा हो ।

मुजाले ८५औँ बर्थडे मनाएका तस्वीर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

सामान्यतया घडियाल गोहीको आयु ३० देखि ५० वर्षसम्म हुने गर्दछ । तर त्यसको झण्डै दोब्बर उमेरसम्म बाँच्न सफल यो घडियालले विनाशकारी दोश्रो विश्वयुद्ध मात्र भोगेन टिकटकमा स्टारसमेत बनेको छ ।

रोयटर्सका अनुसार सन् १९३७ को अगष्टमा मुजालाई जर्मनीबाट बेलग्रेड ल्याइएको हो । त्यस समय उक्त घडियाल झण्डै दुई वर्षको थियो ।
रुसको मस्कोस्थित चिडियाखानामा रहेको स्याटर्न नामक घडियाल मरेसँगै मुजा कृत्रिम वासस्थानमा पालिएको सबैभन्दा पाको उमेरको गोही बन्न सफल भएको छ ।

आफ्नो लामो जीवनकालमा मुजाले धेरै घटना भोगेको छ । दोश्रो विश्वयुद्धका बेला सन् १९४१ र १९४४ तथा सन् १९९९ मा नाटोले गरेको बम आक्रमणसमेत गरी बेलग्रेडमा भएका तिनवटा बम आक्रमणमा यो घडियाल बाँच्न सफल भयो ।

हाल उमेर निकै छिप्पिसक्दा समेत मुजा स्वस्थ रहेको चिडियाखानाका अधिकारी बताउँछन् । सन् २०१२ मा सो गोहीको खुट्टामा घातक संक्रमण हुँदा ज्यान जोगाउनका लागि शल्यक्रिया गरी उसको खुट्टा नै काट्नु परेको थियो ।

यो दीर्घजीवी घडियाललाई खानाको रुपमा छाला काढिएको मुसा, खरायो, चरा तथा घोडा र गाईको मासु दिने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment