Comments Add Comment

पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने

९ असार, पोखरा । पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

पुरी फाउण्डेसन बेल्जियमको समन्वयमा अक्सिजन प्लान्ट स्थापना हुन लागेको अस्पतालका निर्देशक डाक्टर विकास गौचनले जानकारी दिए ।

प्लान्ट स्थापना गर्न फाउण्डेसनका प्रतिनिधि बेदुराम भुसालसहितको टोली मंगलबार नेपाल आइपुगेको छ । प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्विड अक्सिजन उत्पादन हुने बताइएको छ ।

गैर आवासीय नेपाली समाज बेल्जियम समेतका विभिन्न संस्थाहरुको सहयोगमा लगभग दुई करोड मूल्य बराबरको प्लान्ट जडान हुनेछ । कोरोना महामारीका बेला साविकको लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रमक तथा सरुवा रोग अस्पतालका रुपमा विकास गरिएको थियो । हाल अस्पतालमा ७५ शय्या छन् ।

अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ अस्पतालमा प्लान्ट जडान गर्न सहयोग जुटाएको फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत बेदराज पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment