Comments Add Comment

११ महिनामा २८ अर्ब ६० करोडको चामल आयात

१० असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो ।

यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म नेपालले २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्म ६० करोड ३७ लाख २४ हजार ९८६ किलो विभिन्न प्रकारको चामल नेपालमा आयात भएको छ । सो आयातका लागि मुलुकबाट  २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको छ ।

उक्त परिणामको चामल आयात हुँदा सरकारले भने दुई अर्ब ७५ करोड १३ लाख रुपैयाँ भन्दा धेरै राजश्व संकलन गरेको छ ।

वैशाख अन्तिमसम्म नेपालले २८ अर्ब ३० करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात गरेको थियो । नेपालमा चामल निर्यात गर्ने प्रमुख मुलुकको रुपमा भारत रहेको छ भने चीन, फिलिपिन्स, जापान थाईल्याण्डबाट पनि मुलुकमा चामल आयात भएको भन्सारको विवरणमा देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment