+

युईएफएले अवे गोलको नियम हटाउने

२०७८ असार  १० गते २१:०२ २०७८ असार १० गते २१:०२
युईएफएले अवे गोलको नियम हटाउने

१० असार, काठमाडौं । अर्को सिजनदेखि युरोपियन क्लब फुटबल प्रतियोगितामा अवे (घरेलु मैदानबाहिर गरेको) गोलको नियम हटाइने भएको छ । युरोपियन फुटबल महासंघ युइएफएले अर्को सिजनदेखि लागु हुने गरी यो नियम हटाउन लागेको हो ।

यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउने प्रस्तावलाई स्वीकृति दिएको हो । सन् १९६५ देखि यो नियम प्रयोगमा आएको थियो । च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणमा पटक पटक यो नियम निर्णायक बन्दै आएको छ । अब देहोरो लिगको खेल बराबरी भए अतिरिक्त समयमा जानेछ ।

युइएफएका अध्यक्ष एलेक्जेन्डर कफेरिनले अवे गोलको नियम सही नभएको बताएका छन् । युईएफएको कम्पिटिसन कमिटीले मेमा यसबारे प्रस्ताव गरेको थियो र त्यसलाई कार्यकारी समितिले स्वीकृत गरेको हो । च्याम्पियन्स लिगका पछिल्ला केही खेलमा अवे गोल निर्णायक हुँदा बलिया टिम पनि बाहिरिएका थिए ।

 

युईएफए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय