Comments Add Comment

नेपालमै पहिलोपटक हाइकोजी र स्पर्म डीएनए  फ्रेगमेन्टेसन इन्डेक्स प्रविधि वात्सल्यमा

नि:सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभीएफले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ । जुन, नेपाल मै पहिलोपटक भएको दावी गरिएको छ ।

Sperm DFI विधिबाट DNA को स्तरमा कति क्षति पुगेको छ/छैन जाँच गर्न सकिने र सोहीअनुसार उपचार गरी सफलता हासिल गर्न सकिने र HyCoSyको माध्यमबाट छिटो, छरितो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भनलीको अवस्था थाहा पाउन सकिने, Ectopic Pregnancy, endometrial polyps, submucosal fibroids, synechiae, hyrosalpinges, अप्राकृतिक डिम्बाशय जस्ता अवस्था पत्तालगाई उपचार गर्न सकिने भएको कारण नि:सन्तान उपचार थप प्रभावकारी हुने बताउँछिन् प्रजनन् विशेषज्ञ डा. सुमी मुनाकर्मी।

नि:सन्तान उपचारका लागि आउने करिब २५-३० प्रतिशत महिलामा गर्भनली सम्बन्धी समस्या हुने गर्दछ । ल्यापारोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ, तर यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएको कारण यसलाई अन्तिम विकल्पको रुपमा नै प्रयोग गरिन्छ।

गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्राय: Hysterosalpingography (HSG) को प्रयोग गरिन्थ्यो तर यसमा प्रयोग हुने एक्स-रेको नकारात्मक प्रभाव कम गर्न र छिटो/छरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले HyCoSyको प्रयोग गर्न सक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै HyCoSyको प्रयोग बढेको छ।

यसमा स्लाइन र हावाको मिश्रण प्रयोग हुन्छ र अल्ट्रासाउण्डको मद्दतबाट अवस्थाको परीक्षण गरिन्छ । यसको सफलता दर HSG जस्तै छ र उपचारात्मक भूमिका पनि उस्तै छ, तर सहजता, छिटो नतिजा, दिर्घकालीन असर कम हुने, छुटै रेडियोलोजिस्टको आवश्यकता नपर्ने र एक्स रे को प्रयोग नहुने भएको कारण यो विधि प्रयोगमा ल्याइएको हो ।

केही विकसित मुलुकमा HSG को प्रयोग नै बन्द भइसकेको छ, HyCoSyको मात्रै प्रयोग हुन्छ । वात्सल्यले पनि नेपालमा पहिलो पटक यो विधि ल्याएर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ ।

हालका केही अध्ययनले करिब ५० प्रतिशत बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ । यस्तो अवस्थामा पहिलेदेखि प्रयोग हुँदै आएको SpermTest ले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनको कारण पूर्णरुपमा पत्ता लाग्न नसक्ने देखिएको छ ।

यस असहजतालाई मेट्दै शुक्रकिटको डीएनए  सम्मको सुक्ष्म अध्ययनबाट पुरुषको प्रजनन् क्षमताको उचित जानकारी दिन र निषेचन योग्य/ अयोग्य शुक्रकिट बीच स्पष्ट फरक छुट्याउन Sperm DFI को प्रयोग हुन थालेको हो । यस विधिबाट शुक्रकिटको डीएनएमा कति क्षति पगेको छ, मापन गर्न सकिन्छ र सोही अनुरुप थोरै क्षति पुगेको भएमा IUI / IVF र धेरै क्षति पुगेको भएमा ICSI को प्रयोग गर्न सल्लाह दिन सकिन्छ।

यसबाट असफलताको सम्भावना कम हुने र आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ । यसबाहेक निषेचन को समस्या, भ्रूण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारणले गर्भधारण नहुने समस्याको कारण पनि पत्ता लाग्ने सम्भावना रहन्छ।

वात्सल्यले शुरुवात गरेका यी दुई आधुनिक जाँच विधि नि:सन्तान उपचारलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीको सन्तान प्राप्तिको को सपनालाई थप सहज बनाउन कोशेढुंगा सावित हुनेछन्।

थप जानकारी वा सेवाको लागि वात्सल्यको नारायणचौर नक्साल स्थित क्लिनिक (01-4434554 / 01-4434576)मा सम्पर्क गर्न सकिनेछ वा www.vatsalya.com.npबाट पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment