Comments Add Comment

यी हुन्, युरोपियन गोल्डेन बुटको होडमा अगाडि रहेका ५ खेलाडी

११ असार, काठमाडौं । युरोकप २०२० को समूह चरणका खेलहरु सकिएका छन् । नकआउटमा चरणमा पुग्ने १६ वटै टिमको तय भइसकेको छ ।

समूह चरणमा केही अप्रत्यासित नतिजा आएपनि ठूला टिमहरु नै अन्तिम १६ मा पुगेका छन् । यस्तै धेरै गोल गर्नेमा पनि स्वभाविक नामहरु नै अघि छन् केही स्टार खेलाडीले गोल गर्न सकेका छैनन् ।

साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टायनो रोनाल्डो सर्वाधिक गोल गर्नेमा अगाडि छन् । उनले ५ गोल गरेका छन् । कीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको दाबेदारमा अघि छन् ।

त्यपछि ३ गोल गर्ने खेलाडी ५ जना छन् ।  बेल्जियमका रोमेलु लुकाकु,  नेदलर्यण्ड्सका जर्जिनिओ विजनाल्म, चेक रिपब्लिकका प्याट्रिक सिक, स्विडेनका एमिल फोसवर्ग र पोल्याण्डका रोवर्ट लेवान्डोस्कीले समान ३ गोल गरेका छन् ।  तर पोल्याण्ड समूह चरणबाटै बाहिरिसकेकोले ३ गोल गरेका रोवोर्ट लेवान्डोस्की पनि व्यक्तिगत अवार्डको होडबाट बाहिरिसके ।

नकआउट चरणमा पुगेका टिमहरुमा नेदरल्याण्ड्सले सर्वाधिक ८ गोल गर्‍यो । कप्तान जर्जिनिओ विजनाल्डमले ३ गोल गर्दा मेम्फिस डिपाएले २ गोल गरे ।

इटली र बेल्जियमले समूह चरणमा ७-७ गोल गर्‍यो।  बेल्जियमका रोमेलु लुकालु ३ गोल गरे । इटलीका मानुएल लुकाटेलील दुई गोल गरे । पोर्चुगलले ७ गोल गर्दा रोनाल्डो एक्लैले ५ गोल गरे ।

स्पेनले ६ गोल गर्दा चार फरक खेलाडीले गोल गरे भने दुई गोल उपहार पाएको थियो । यस्तै जर्मनीले ६ गोल गर्दा काइ हाभार्टले  गोल गरे भने दुई गोल उपहार पाएको थियो ।

नकआउट पुग्ने टिममध्ये इंग्ल्याण्डले जम्मा २ गोल मात्र गर्‍यो । दुवै गोल रहिम स्टर्लिङले गरे । कप्तान ह्यारी केनले एक गोल समेत गर्न सकेका छैनन् ।

यस्तै फ्रान्सका एन्टोइन ग्रीजमनले एक गोल गर्दा किलिएन एम्बाप्पेले गोल गर्न सकेका छैनन् । ग्रीजमन अघिल्लो सस्करणका गोल्डेन बुट विजेता हुन् । करिम बेनजामाले भने दुई गोल गरेका छन् ।

यस पटक आत्मघाती गोल धेरै भए । ३६ खेलमा कूल ९२ गोल भए जसमा ८ आत्मघाती गोल भए ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : ५ गोल

रोनाल्डोले समूह चरणमा तीनवटै खेल गोल गरे । उनले पहिलो खेलमा हंगेरी विरुद्ध दुई गोल गरेका थिए । दोस्रो खेलमा जर्मनी विरुद्ध ४-२ ले पराजित हादा रोनाल्डोले एक गोल गरेका थिए । तेस्रो खेल फ्रान्ससँग २-२ को बराबरी हुँदा उनले पेनाल्टीबाट दई गोल गरे ।

रोनाल्डोले ३ गोल पेनाल्टीबाट गरेका थिए । उनल एक असिस्ट समेत गरे । पोर्चुगलले गरेको ७ गोलमध्ये ६ गोलमा रोनाल्डो सामेल थिए ।

कूल २७० मिनेट मैदानमा बिताएका रोनाल्डोले गोलका लागि ११ अटेम्पट गर्दा ६ अन टार्गेट थियो भने ५ अफ टार्गेट थियो । उनले दायाँ खुट्टाले ३ र बायँ खुट्टाले २ गोल गरे ।

रोनाल्डोले लगातार पाँच संस्करण युरोकप खेल्दै पाँचवटै संस्करणमा गोल गर्ने कीर्तिमान समेत राखेका छन् । यस्तै उनले युरोकपमा सर्वाधिक गोल गर्ने मिचेल प्लाटिनीको कीर्तिमान समेत तोडेका छन् । रोनाल्डोको युरोकपमा गोल १४ पुगेको छ । साथै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाईको कीर्तिमान समेत रोनाल्डोले बराबरी गरेका छन् ।

प्याट्रिक सिक (चेक रिपब्लिक) : ३ गोल

सिकले समूह चरणमा ३ गोल गरे । उनले स्कटल्याण्ड विरुद्ध पहिलो खेलमा जित हात पार्दा दुवै गोल गरे ।

त्यसपछि क्रोएसिया विरुद्ध १ १ को बराबरी हुँदा पनि एक गोल गरेका थिए । अन्तिम खेलमा इंग्ल्याण्डसंग १-१ ले पराजित हुँदा भने गोल गर्न सकेनन् ।

सिकले दुई गोल बायाँ खुट्टाले एक गोल हेडर मार्फत गरे । त्यसमा एक गोल उनले पेनाल्टीमा गरेका थिए ।

कूल २३६ मिनेट मैदानमा बिताएका उनले १० अटेम्पट गर्दा ६ अन टार्गेट र ४ अफ टार्गेट थियो ।

एमिल फोसवर्ग (स्वीडेन) : ३ गोल

स्विडेनका एमिल फोसवर्गले समूह्य चरणमा ३ गोल गरे । स्वीडेनले पहिलो खेलमा स्पेनसंग गोलरहित बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको थियो ।

दोस्रो खेलमा स्लोभाकियालाई १-० ले हराउँदा फोसवर्गले नै निर्णायक गोल गरे । यस्तै तेस्रो खेलमा पोल्याण्डलाई ३-२ ले हराउदा फोसवर्गले दुई गोल गरे । उनले दुई गोल गर्दै स्वीडेनलाई २-० को अग्रता दिलाएका थिए ।

उनले दुई गोल दायाँ खुट्टा र १ गोल बायाँ खुट्टाले गरे ।

२५१ मिनेट मैदानमा बिताएका फोसवर्गले ८ अटेम्पट गर्दा ३ अन टार्गेट र ३ अफ टार्गेट थियो । उनको २ अटेम्पट ब्लक भएको थियो ।

रोमेलु लुकाकु (बेल्जियम) : ३ गोल

बेल्जियमका रोमेल लुकाकले समूह चरणमा ३ गोल गरे । उनले रुस विरुद्धको पहिलो खेलमै २ गोल गरेका थिए । डेनमराक विरुद्ध गोल गर्न नसकेपनि उनले अन्तिम खेलमा फिनल्याण्ड विरुद्ध एक गोल गरे ।

लुकाकुले दायाँ खुट्टाले दुई र बायँ खुट्टाले एक गोल गरे । २६४ मिनेट मैदानबा बिताएका लुकाकुले कूल ७ अटेम्ट गर्दा ४ अन टार्गेट थियो भने ३ ब्लक भएको थियो ।

जर्जिनिओ विज्नाल्डम (नेदरल्याण्ड्स) : ३ गोल

नेदरल्याण्ड्सका नियमित कप्तान भर्जिल भान डाइक यसपटक टिममा नपरेपछि जर्जिनिओ विज्नाल्डाले युरोकपमा कप्तानी सम्हालिरहेका छन् ।

उनले समूह चरणमा ३ गोल समेत गरिसके । विज्नाल्डमले समूको पहिलो खेलमै युक्रेन विरुद्ध १ गोल गरे । त्यसपछि उनले समूहको अन्तिम खेलमा नर्थ मेसोडेनिया विरुद्ध २ गोल गरे ।

विज्नाल्डमले दायाँ खुट्टाले एक र बायाँ खुट्टाले २ गोल गोल गरेका थिए ।

२७० मिनेट मैदानमा बिताएका विज्नाल्डमले १० अटेम्पट गर्दा  ४ अन टार्गेट २ अफ टार्गेट थियो । यस्तै ४ ब्लक भएको थियो ।

को-को छन् दुई गोल गर्ने खेलाडीहरु ?

यी पाँच खेलाडीसँगै नकआउट चरणमा पुगेका २ गोल गर्ने १२ खेलाडी पनि गोल्डेन बुटको होडमा छन् ।

जर्मनीका काइ हाभार्ट, स्विडेनका इभान पेरिसिक, इंग्ल्याण्डका रहिम स्टर्लिङ, डेनमार्कका युसुफ पाउलसेन, फ्रान्सका करिम बेन्जामा, इटलीका मानुएल लुकाटेली र सिरो इम्मोबाइल, नेदरल्याण्ड्सका मेम्फिस डिपाए र डेन्जेल डम्फ्राएस, स्वीट्जरल्याण्डका जेर्दान शाकिरी तथा युक्रेनका रोमन यारेमचुक र एन्ड्री यार्मोलेन्कोले समान २ गोल गरेका छन् ।

डच खेलाडी डिपाएले दुई असिस्ट समेत गरेका छन् ।

सर्वाधिक गोल गर्ने शीर्ष तीन खेलाडीले पाउनेछन् यी अवार्ड 

युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट प्राप्त गर्छन् । यदी एक भन्दा धेरै खेलाडीले बढी गोल गरेमा त्यसपछि धेरै असिस्ट गर्ने खेलाडीले गोल्डेन बुट पाउँछ । त्यो पनि बराबरी भएमा थोरै मिनेट खेल्ने खेलाडी अगाडि रहनेछ ।

युरोकपमा सर्वाधिक गोल गर्ने शीर्ष तीन खेलाडीले क्रमश: गोल्डेन बुट, सिल्भर बुट र ब्रोन्ज बुट प्राप्त गर्नेछन् । सन् २०१२ देखि तीनवटै अवार्ड दिन थालिएको थियो । जहाँ स्पेनका फर्नान्डो टोरेसले गोल्डेन बुट जितेका थिए ।

यस्तै २०१६ मा फ्रान्समा भएको युरोकपमा एन्टोइन ग्रीजमनले गोल्डेन बुट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment